मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ श्रावण ८ बिहीबार १५:१७:००
Read Time : > 1 मिनेट
प्रदेश

बागमती प्रदेशका अधिकांश सडकखण्डमा एकतर्फी सवारी सुचारु

Read Time : > 1 मिनेट
२०७७ श्रावण ८ बिहीबार १५:१७:००

दुई दिनअघि अविरल वर्षासँगैको पहिरोका कारण अवरुद्ध भएका अधिकांश सडकखण्डहरूमा एकतर्फी सवारी सुचारु भएको छ । 

बागमती प्रदेशको २८ स्थानमा पहिरोका कारण पूर्ण अवरुद्ध भएका सडक खण्डहरूमध्ये दर्जनभन्दा बढीमा एकतर्फी सवारी सुचारु भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरीले जानकारी दिए ।

उनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको चार र सत्रकिलो, बिपी राजमार्गको सिन्धुली खण्ड, मध्यपहाडी राजमार्गको ६ वटा स्थानमा, अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको बलेफीखण्ड, त्रिशूली–मैलिङ–स्याफ्रुबेसीखण्ड, रसुवा–धुम्चे र त्रिभुवन राजपथको धादिङखण्डमा एकतर्फी सवारी सुचारु भइरहेको छ ।

पृथ्वी राजमार्गको मौवाखोला पुलखण्डमा आज बिहीबार साँझसम्म एकतर्फी सवारी सुचारु गर्ने प्रयत्न भइरहेको उनले बताए । तराईका जिल्लाहरूबाट हेटौँडा हुँदै काठमाडौं उपत्यका प्रवेश गर्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल सुचारु भए पनि हेटौँडा–कुलेखानी–दक्षिणकाली सडकखण्डमा भने अवरुद्ध कायम रहेको छ । 

यसैगरी कान्तिलोकपथको अवरुद्ध अनिश्चितकालसम्म कायम रहने सम्भावना रहेको एसएसपी गिरीले बताए । ‘कान्तिलोकपथको कालोपहिरो र त्यसपछिका खण्डहरूमा निरन्तर पहिरो खसिरहने कारणले अवरुद्ध हटाउन सकिएको छैन,’ उनले भने, ‘निर्माणाधीन अवस्थामै रहेकोले पहिरो हटाउन समस्या छ ।’ 

नारायणगढ–मुग्लिन, पृथ्वी राजमार्गको धादिङखण्ड, बिपी राजमार्गको काभ्रे, बिपी राजमार्गको सिन्धुली, मध्यपहाडी राजमार्गको सिन्धुली, अरनिको राजमार्गको सिन्धुपाल्चोक, हेटौँडा–कुलेखानी–फाखेल, हेटौँडा–कुलेखानी–सिस्नेरी, नुवाकोट–रसुवा, रसुवा–धुम्चे–टिमुरे, चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो, धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित बाँदरेभिर, तिघ्राङ, मौवा खोला पक्की पुल, काभ्रेको रोसी गाउँपालिका–११ स्थित माम्तिखोला, सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमेरेफाँट र फिक्कल गाउँपालिका–६, गोलन्जोर गाउँपालिका १, ३, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ झ्यालीभिर, बुलकुटे, ४ नम्बर वडा स्थित चाकु बजार, डाक्लाङमा, लाङ्खोला सडक खण्डमा पहिरोले क्षति पुऱ्याएको छ ।

यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कलंकी, सल्ले, महादेवडाँडा वडा नम्बर ३ स्थित ज्यामिरे डाँडा, सिमखोला, टेकर, नारायणथान भीमफेदी गाउँपालिका ६ स्थित जुरिखेत, साउनेखोल्सी, नुवाकोटको विदुर नगरपालिका–१० स्थित भैँसे र रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३ स्थित कुलुङ पुल, २ नम्बर वडाको टिमुरे सडकमा पहिरोका कारण दुई दिनसम्म पूर्ण अवरुद्ध भएको थियो ।