१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण ८ बिहीबार ११:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङको पल्लोटारी पहिरो : पहिरोले २१ घर पुरियो, ५९ घर उच्च जोखिममा 

Read Time : < 1 मिनेट
२०७७ श्रावण ८ बिहीबार ११:३२:००

लमजुङकाे मर्स्याङ्दी गाउँपालिका– ३ मा लगातार पहिरोले बुधबार दिउँसाे १९ घर बगायो । पहिरो निरन्तर जारी रहेकाले राति थप दुई घर बगायो ।  

बिहीबार बिहानसम्म २१ घर पूर्ण रूपले ध्वस्त भएका छन् । बिहीबार पनि पहिरो चलिरहेको स्थानीय हरि थापाले बताए ।

पहिरोबाट अन्य ५९ घर उच्च जोखिममा छन् । अधिकांश घर पहिरोले आधा पुरिसकेका छन् । सो गाउँमा ८० घर थिए । ८० घरका करिब चार सय परिवारलाई अन्यत्र स्थानान्तरण गरेर गाँसवासको व्यवस्था मिलाइएको वडाध्यक्ष प्रेमबहादुर बस्नेतले बताए ।

पहिरोले देवबहादुर गोतामे, सतिश गोतामे, रञ्जना गोतामे, काली अधिकारी, बुद्धिमाया अछामी, बाबुराम अछामी, सन्दीप अछामी, सन्तबहादुर अछामीको घर बगाएको छ ।

यस्तै उत्सव गोतामे, अनिता गोतामे, आइतबहादुर गोतामे, मानबहादुर अछामी, हिरा गोतामे, सुशीला गोतामे, दीपेन्द्र मजाकोटी, सुनिता मजाकोटी, राजेश मजाकोटी, फुलमाया मजाकोटी, अतिमान गोतामेको घर पहिरोले बगाएको छ ।

पहिरो झरेपछि भाग्दै गर्दा आठजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको लमजुङ सामुदायिक अस्पताल बेसीसहर र अन्यको खुदी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

मंगलबार सोही स्थानमा पहिरो गएको थियो । पहिरो जोखिमको पूर्वानुमान गर्दै छिमेकी गाउँमा स्थानान्तरण गरिएकाले मानवीय क्षति हुन नपाएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए ।

पहिरोको उच्च जोखिममा परेकाहरूको स्थानान्तरणमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधिहरू खटिएका थिए ।

उनीहरूलाई विद्यालय, सामुदायिक भवनमा अस्थायी रूपमा स्थानान्तरण गरी खाने–बस्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

पहिरोपीडितहरूलाई स्थान्तरणपछिको खानपिन र बसोवासका लागि जिल्ला विपत् व्यवस्थापन समिति, रेडक्रस, आरसिडिसीलगायतले राहत सामग्री प्रदान गरेका छन्  ।

उक्त स्थानमा ०७५ सालमा पहिरो जाँदा दुईजनाको मृत्यु भएको थियो ।