मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हेमन्त केसी जाजरकोट
२०७७ श्रावण ८ बिहीबार ११:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोटमा दुई सुत्केरीको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ श्रावण ८ बिहीबार ११:३१:००

जाजरकोटमा दुई सुत्केरीको मृत्यु भएको छ । 

बारेकोट गाउँपालिका– ७ सुवाकोटकी २१ वर्षीया मनकुमारी परियारको सुत्केरी भएको पाँच घन्टापछि मृत्यु भएको हो ।

स्वास्थ्य चौकी सेपुखोलाकी अनमि मीरा शाहीका अनुसार सामान्य अवस्थामा सुत्केरी भएको र सुत्केरी भएको केही समयपछि पेट दुखेर एकाएक रक्तचाप बढेको र उपचार गर्दा गर्दै मृत्यु भएको बताइन् । 

बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । मृतक सुत्केरी केही दिनअघि बाढी आएर गाउँ नै जोखिममा परेपछि विस्थापित हुनेहरूमध्येकी एक हुन् । 

त्यस्तै जुनिचाँदे गाउँपालिका– ३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी भएलगत्तै अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ । 

गाउँभन्दा टाढा रहेको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी उपलब्ध नभएपछि उनको ज्यान गएको छिमेकी रत्न पुरीले बताए ।