मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ८ बिहीबार ०६:४६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईको घर, गाडी र सेयरमा नयाँ कर्जा योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ८ बिहीबार ०६:४६:००

ग्लोबल आइएमई बैंकले आकर्षक ब्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । बैंकले घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन ८.७७ प्रतिशतदेखि ९.४९ प्रतिशतसम्म ब्याजदरको योजना ल्याएको हो । 

ग्लोबल घर कर्जाअन्तर्गत २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । यस कर्जाको ब्याजदर १ वर्षसम्म स्थिर रहने बैंकको भनाइ छ । त्यस्तै, ८.९९ प्रतिशतमा गाडी कर्जा र ९.४९ प्रतिशत ब्याजदरमा सेयरको धितोमा कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । 

यस योजनामा सहभागी हुने ग्राहकलाई डेबिट–क्रेडिट कार्ड जारी शुल्क र लकर सुविधामा ५० प्रतिशत छुट दिने जनाइएको छ । आवश्यक कागजात पेस गरी कर्जा माग गरेको ३ कार्य दिनभित्र विनाझन्झट कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाबाट यो सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।