मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण ८ बिहीबार ०८:०८:००
Read Time : < 1 मिनेट
अर्थ

लकडाउनका कारण रोकिएको माथिल्लो दोर्दी ‘ए’को सेयर पुनः निष्कासन

Read Time : < 1 मिनेट
२०७७ श्रावण ८ बिहीबार ०८:०८:००

कोरोना भाइरसको संक्रमण जोखिमसँगै सरकारले लकडाउन गरेपछि रोकिएको माथिल्लो दोर्दी ‘ए’को सेयर पुनः निष्कासन गरिएको छ । लमजुङको दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि निष्कासन गरी रोकिएको सेयर पुनः निष्कासन गरेको हो । आयोजनाले प्रभावित क्षेत्र र जिल्लावासीका लागि फागुन २७ गते सेयर निष्कासन गरे पनि लकडाउनका कारण रोकिएको आयोजना प्रवद्र्धक कम्पनी लिबर्टी इनर्जी लिमिटेडका सञ्चालक राम पाण्डेले जानकारी दिए । उनले भने, ‘लकडाउन खुलेसँगै आयोजनामा लगानी गर्न इच्छुकले साउन ७ गतेबाट साउन २१ गतेसम्म आवेदन दिनुपर्नेछ । स्थानीयले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।’ 

आयोजनाले जिल्लावासीका लागि १५ करोडको सेयर जारी गरेको हो । जिल्लाभित्र पनि अतिप्रभावित क्षेत्रका लागि ५ करोड, सामान्य प्रभावितका लागि ५ करोड र त्योबाहेक जिल्लावासीका लागि थप ५ करोड गरी १५ करोड रुपैयाँको सेयर आह्वान गरेको थियो । 

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न नेपाल इन्भेस्टमेन्ट बैंक क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । ०७१ असोजबाट निर्माण थालिएको आयोजना ०७६ चैत मसान्तसम्म व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि कोभिड–१९ को प्रभावले आयोजना निर्माण अवधि लम्बिने भएको छ । लिबर्टी इनर्जी हाइड्रो पावरद्वारा प्रवर्द्धित आयोजना दोर्दी गाउँपालिका–६, ढोडेनीमा निर्माणाधीन आयोजना निर्माणको अन्तिम चरणमा पुगेको आयोजनाका अर्का सञ्चालक राजेन्द्र वस्तीले बताए ।