Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण ८ बिहीबार ०६:४२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अनलाइन कक्षाले आँखामा असर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण ८ बिहीबार ०६:४२:००

- लकडाउन समाप्त भए पनि स्कुल, कलेज खुलेका छैनन् । लकडाउनपछि सुरु भएका अनलाइन कक्षा अझै केही समय चल्नेछन् । 

- शैक्षिक सत्र सुरु भए पनि अधिकांश विद्यार्थीसँग पाठ्यपुस्तक छैन । उनीहरूले पुस्तक पनि अनलाइनबाटै पढिरहेका छन्।

- तर, पढाइका लागि लामो समय मोबाइल र कम्प्युटर स्क्रिन प्रयोग  गर्दा बालबालिकाका आँखामा असर परिरहेको छ ।

लामो समय स्क्रिनमा हेरिरहँदा आँखा झिम्क्याउने दरमा कमी आउँछ । त्यसैले समय-समयमा कम्प्युटरबाट ध्यान हटाएर वरिपरि हेर्नुपर्छ।

- अनलाइन कक्षाका लागि स्क्रिन अपरिहार्य भएकाले यसलाई अभिभावकले पनि सामान्य मानेका छन् । तर, स्क्रिन प्रयोगले बालबालिकाको आँँखामा प्रतिकूल असर पारिरहेको छ ।

- २५ जेठदेखि लकडाउन खुकुलो भएयता अस्पतालमा कुनै न कुनै समस्या लिएर आँखा परीक्षण गर्न आउने बढेका छन् । तीमध्ये आधाभन्दा बढी बालबालिका छन् ।

- बालबालिकाको शिक्षण, सिकाइमा विभिन्न रङको प्रयोग हुनु, लामो समय अव्यवस्थित ढंगले स्क्रिनमा हेरिरहनु, सामान्यभन्दा कम मात्रामा परेला झिम्किनुजस्ता कारणले आँखामा पानी सुक्दै जान्छ । आँखा सुक्खा हुने र बिस्तारै जटिल समस्या देखिन सक्छ ।

- लामो समय स्क्रिन प्रयोग गर्दा बालबालिकामा कम्प्युटर भिजन सिन्ड्रोम हुन्छ ।

- अव्यवस्थित रूपमा स्क्रिन प्रयोग गर्दा आँखा र टाउको दुख्ने, पोल्ने, रातो हुने, चिलाउने र धमिलोपना बढ्ने जोखिम हुन्छ।

यसरी गरौँ व्यवस्थापन

- अनलाइन कक्षा लिँदा स्क्रिनको विकल्प छैन । तर, आँखामा समस्या नपर्ने गरी अभिभावकले स्क्रिन समय व्यवस्थापन गरिदिनुपर्छ ।

- बालबालिका पढ्ने कोठा उज्यालो हुनुपर्छ । बाहिरको प्रकाश सीधै स्क्रिनमा परेमा परावर्तन भई आँखामा असर पार्छ । स्क्रिनमा कुनै वस्तु टल्किए वा चम्किएमा त्यसको सीधा असर आँखामा पर्छ । त्यसैले त्यस्तो प्रकाश आँखामा पर्न नदिन - कोठाको प्रकाश व्यवस्थापन गर्नुपर्छ ।

- स्क्रिन र आँखाको दूरी नमिल्दा पनि आँखालाई समस्या हुन्छ । कम्प्युटर र मोबाइलको स्क्रिन आँखाको तहभन्दा १४ देखि २५ डिग्री र कम्तीमा २५ इन्च पर हुनुपर्छ ।

- लामो समय स्क्रिन हेरिरहँदा आँखा झिम्क्याउने दरमा कमी आउँछ । त्यसैले समय–समयमा कम्प्युटरबाट ध्यान हटाएर वरिपरि हेर्नुपर्छ ।

- स्क्रिनको असर कम गर्न एन्टिग्लेएर चस्मा प्रयोग पनि उपयुक्त हुन्छ । लेन्सले आँखामा पर्ने प्रकाशलाई फर्काउने हुँदा कम असर हुन्छ । आँखा सुक्खा हुन थाले औषधि प्रयोग गर्न सकिन्छ ।

- आँखा स्वस्थ राख्न बालबालिकालाई झोलिलो र ‘भिटामिन–ए’युक्त खानेकुरा खुवाइरहनुपर्छ ।