१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ श्रावण ७ बुधबार १८:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्रका एसएसपीलाई दोस्रोपटक म्याद थप 

Read Time : < 1 मिनेट
२०७७ श्रावण ७ बुधबार १८:३४:००

युवतीलाई खाना खान बोलाएर बलात्कार गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले दोस्रोपटक म्याद थप गरेको छ । सशस्त्र प्रहरी, हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामपाटन पोखराका प्रमुख अधिकारी ३१ असारमा पक्राउ परेका थिए । कास्की प्रहरीले थप अनुसन्धानका लागि भन्दै बुधबार दोस्रोपटक म्याद थप गरेको हो ।

कास्की प्रहरीले १ साउनमा पहिलोपटक सात दिन र बुधबार सात दिन म्याद थप गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । अनुसन्धानका लागि २५ दिनको समय  प्रहरीले पाउने र त्यसपछि के गर्ने पछि थाहा हुने उनको भनाइ छ । 

चितवन घर भएकी करिब २७ वर्षीया युवतीले आफूलाई खाना खान बोलाएर एसएसपी अधिकारीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा ३१ असार दिउँसो करिब ३ बजे फोनमार्फत जानकारी गराएकी थिइन् । त्यसपछि प्रहरीले पीडित युवतीलाई भेटेर घटनाबारे थप जानकारीसँगै घटनास्थलको अवलोकन  र अधिकारीलाई पक्राउ गरेको थियो ।

खाना खाने निम्तो मान्न लामापाटनस्थित एसएसपी अधिकारी बस्ने क्वार्टरमै उनी गएकी थिइन् । उनले शिक्षालय परिसरबाटै दिउँसो ३ बजेतिर आफू बलात्कार भएको मौखिक उजुरी दिएपछि प्रहरीले उद्धार गरेको थियो । पछि कास्कीका प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठसहितको प्रहरी टोलीले अधिकारीलाई कार्यालयबाटै पक्राउ गरेको थियो ।