१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुर 
मोहन विष्ट कञ्चनपुर
२०७७ श्रावण ७ बुधबार १७:२८:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

आर्थिक वर्षको अन्तिम महिनामा मात्रै कञ्चनपुरमा अढाई अर्ब खर्च

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ श्रावण ७ बुधबार १७:२८:००

आर्थिक वर्षको अन्तिम महिनामा मात्रै कञ्चनपुरमा अढाई अर्बभन्दा बढी बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६/७७ को असारमा दुई अर्ब ४६ करोड ४४ लाख २३ हजार दुई सय रुपैयाँ रकम खर्च भएको हो ।

चालूतर्फ एक अर्ब ३५ करोड १६ लाख १५ हजार तीन सय १९ र पुँजीगततर्फ एक अर्ब ११ करोड २८ लाख सात हजार आठ सय ८१ रुपैयाँ खर्च भएको तथ्यांकमा उल्लेख छ । संघ र प्रदेशको गरी कञ्चनुरमा चालू र पुँजीगततर्फ १३ अर्ब ३८ करोड १७ लाख ३८ हजार सात सय ९२ कुल बजेटमध्ये ११ अर्ब २७ करोड ८३ लाख ३४ हजार ८२ रुपैयाँ मात्रै खर्च भएको छ । पुँजीगत र चालूतर्फ गरी कुल दुई अर्ब १० करोड ३४ लाख चार हजार सात सय १० रुपैयाँ खर्च हुन सकेको छैन । गत वर्ष ७७.९८ प्रतिशत मात्रै खर्च भएको छ । 

चालूतर्फ ८०.९८ र पुँजीगततर्फ ७१.७८ प्रतिशत मात्रै रकम खर्च भएको छ । चालूको तुलनामा पुँजीगततर्फ ९.२ कम खर्च भएको छ । पुँजीगततर्फ प्रदेश र संघ दुवैमा नौ अर्ब ४६ करोड १९ लाख ६ हजार एक सय ९३ रुपैयाँ बजेटमा सात अर्ब ९६ करोड ३० लाख ७७ हजार ६ सय ३५ रुपैयाँ मात्रै खर्च भएको छ । चालू खर्चतर्फ एक अर्ब ८३ करोड ११ लाख आठ हजार पाँच सय ५८ रुपैयाँ फिर्ता भएको छ ।

पुँजीगततर्फ चार अर्ब ३३ करोड ५५ लाख ४२ हजार पाँच सय ९९ बजेटमध्ये तीन अर्ब ३१ करोड ५२ लाख ५६ हजार चार सय ४६ रुपैयाँ खर्च भएको छ । एक अर्ब २० करोड २८ लाख ६ हजार एक सय ५३ रुपैयाँ खर्च हुन सकेको छैन । ७१.७८ प्रतिशत मात्रै पुँजीगत रकम खर्च भएको छ । गत आर्थिक वर्षमा दुई अर्ब १० करोड ३४ लाख चार हजार सात सय ११ रुपैयाँ फिर्ता अर्थात फ्रिज भएको छ । आर्थिक वर्ष ०७५/७६ को तुलनामा आर्थिक वर्ष ०७६/७७ मा १९.९२ प्रतिशत कम पुँजीगत खर्च भएको छ । अघिल्लो वर्ष ९१.७० प्रतिशत पुँजीगत खर्च भएको थियो भने गत वर्षमा ७१.७८ मात्रै खर्च भएको हो ।