मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ६ मंगलबार ०६:२४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मंगलबहादुरले जिते आइएमई  घरमै योजनाको १ लाख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ६ मंगलबार ०६:२४:००

आइएमई सेवाग्राही मंगलबहादुर रोकाया आइएमई घरमै योजनाको विजेता भएका छन् । सफ्टवेयर पद्धतिमा आधारित ‘लक्की ड्र’मार्फत रोकायाले १ लाख रुपैयाँ जितेका हुन् ।  

आइएमई लिमिटेडले कोभिड-१९ को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिट्यान्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देशका साथ ‘आइएमई घरमै, रू. १ लाख जितौँ’ भन्ने उपहार कार्यक्रम गरेको थियो । 

सामान्य अवस्थामा नेपालभित्र गरिने वा विदेशबाट आएको रेमिट्यान्सलाई एजेन्टकहाँ गई रकम लिन सकिने भए पनि संक्रमणको जोखिमबाट जोगिन मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने योजना ल्याइएको थियो । यो योजनामा आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख रुपैयाँ पुरस्कार राखिएको थियो । 

त्यस्तै, हरेक हप्ता ५ जनालाई जनही ५ हजार प्रदान गरिएको थियो । स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रुपैयाँ बोनस प्राप्त गर्न सकिने व्यवस्था यो सँगसँगै मिलाइएको थियो । विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिएको कम्पनीले जनाएको छ । योजना जेठ ३१ देखि असार ३१ सम्म लागू भएको थियो ।