मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ६ मंगलबार ०६:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल साना तथा मझौला व्यवसायी कर्जा ८.९९ प्रतिशतमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ६ मंगलबार ०६:१२:००

ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायी कर्जा ८.९९ प्रतिशत ब्याजदरमा दिने भएको छ । बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई यो कर्जा उपलब्ध गराउने भएको हो ।  

कोभिड–१९ ले त्रसित बनाइरहेको अवस्थामा बैंकले ग्राहकलाई छिटो–छरितो एवं सहज रूपमा सेवा दिई साना तथा मझौला उद्यमी–व्यवसायीहरूलाई हौसला र साथ प्रदान गर्न यो योजना ल्याएको जनाएको छ । 

यो योजनाले उत्पादनमा वृद्धि हुने हुनाले छोटो अवधिमै कर्जा प्रवाह गर्न लागेको जनाइएको छ । आवश्यक कागजातहरू बैंकमा पेस गरेको ३ कार्य दिनभित्र विनाझन्झट कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकका सबै शाखाबाट दिइने यो कर्जा व्यवसायीलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग–व्यवसायको नगद प्रवाहका आधारमा १५ लाखदेखि १ करोड रुपैयाँसम्म उपलब्ध गराइने बैंकले जनाएको छ ।