मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मीनबहादुर भाम
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ६ मंगलबार ०६:५३:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

निर्देशक भामलाई एक करोडको पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ६ मंगलबार ०६:५३:००

निर्देशक मीनबहादुर भामले नयाँ प्रोजेक्ट ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड)को पटकथाका लागि करिब एक करोड तीन लाख रुपैयाँको पुरस्कार पाएका छन् । टर्कीको ‘टिआरटी ट्वेल्भ पुन्टो स्क्रिप्ट ल्याब’ले ७५ हजार युरोबाट उनलाई पुरस्कृत गरेको हो । उक्त फिल्म नेपाल र टर्कीको सहकार्यमा बन्दै छ । गत अप्रिलदेखि नै छायांकन थाल्ने तयारी थियो । तर, कोभिड–१९ महामारीका कारण अर्को वर्षका लागि सारिएको छ ।

भाम फिल्म ‘कालो पोथी’का निर्देशक हुन् । उक्त संस्थाले पटकथाका आधारमा विश्वभरका फिल्ममध्ये तीनवटालाई ‘टिआरटी ट्वेल्भ पुन्टो अवार्ड’ प्रदान गर्छ । ‘चिसो वर्ष’मा दुईजनाको हिमाली भेगको यात्राको कथा छ । हराएका पतिको खोजीमा निस्किएकी गर्भवती र दाइलाई खोज्न हिँडेका बौद्ध भिक्षुबीच हुने भेट र त्यसपछि उनीहरूले भोग्नुपर्ने उतारचढाव उक्त फिल्ममा देखाइनेछ ।

‘चिसो वर्ष’को पटकथाले सन् २०१७ मा ‘एसियन प्रोजेक्ट मार्केट बुसान (कोरिया)को सरफन्ड पिचिङ अवार्ड जितेको थियो । यस्तै, सन् २०१८ मा स्विट्जरल्यान्डको ‘लोकार्ने फिल्म फेस्टिभल’मा ६ हजार युरो र सन् २०१९ मा ‘नर्वेजियन साउथ फिल्म फन्ड’बाट ६० हजार डलर अनुदान पाएको थियो ।