मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण ५ सोमबार १९:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिहीबारबाट सार्वजनिक सवारीसाधन चलाउने सहमति

Read Time : < 1 मिनेट
२०७७ श्रावण ५ सोमबार १९:३६:००

यातायात व्यवसायीहरू आगामी बिहीबारबाट सवारीसाधन सञ्चालनमा ल्याउन सहमत भएका छन् । सरकार, यातायात व्यवसायी र मजदुर संगठनबीच सोमबार भएको छलफलमा बिहीबारबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने सहमति जुटेको हो । 

सरकार चालक र सहचालकको सुरक्षा ग्यारेन्टी गर्नुपर्ने, कोरोना बिमा गर्नुपर्नेलगायतका व्यवसायीको मागमा सहमत भएको छ ।  नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रमान कर्मचार्यले उच्च सुरक्षा अपनाएर सवारीसाधन सञ्चालन गरिने बताए । उनले भने, ‘हाम्रा केही माग थिए । केही मौद्रिक नीतिले सम्बोधन गरेको छ । केही मागमा यातायात व्यवस्था विभागसँग छलफल गरेर सहमति गरेका छौँ ।’ लामो दूरीका सवारीसाधन पनि चाँडै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको कर्मचार्यले बताए ।  

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल  यातायात  स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल  यातायात मजदुर संघबीच सोमबार छलफल भएको थियो । 

यातायात व्यवस्था विभागले कार्यविधि कडाइका साथ लागू गरिने  जनाएको छ । विभागले  कोरोना महामारीको समयमा सुरक्षित रहन कोरोना महामारीमा सार्वजनिक सवारीसाधन शीर्षकमा कार्यविधि बनाएको छ । कार्यविधिमा सवारीसाधनमा एक सिटमा एकजना मात्र यात्रु बस्न पाउने, चालक र सहचालकले अनिवार्य रूपमा पञ्जा, मास्क लगाएको हुनुपर्ने, हरेक सवारीसाधनमा स्यानिटाइजर लगाएको हुनुपर्ने, यात्रु चढाउँदा र ओर्लंदा सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका विषय समेटिएको छ ।