मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण ५ सोमबार १६:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारसँग बार्गेनिङमा यातायात व्यवसायी

 मारमा  सर्वसाधारण र यातायात मजदुर

Read Time : > 1 मिनेट
२०७७ श्रावण ५ सोमबार १६:०२:००

सरकारले  सार्वजनिक सवारीसाधन खुला गर्नका लागि अनुमति दिएको भए पनि  यातयात व्यवसायी भने  सरकारसँग विभिन्न माग राखेर  बार्गेनिङ गरिरहेका छन् ।

व्यवसायीहरूले यातायातमन्त्री र प्रधानमन्त्रीलाई भेटेर आफ्ना माग राखिसकेका छन् । प्रधानमन्त्रीले व्यवसायीहरूको माग सरकारको क्षमताले भ्याएसम्म पूरा गर्न सकिने आश्वासन दिएका छन् । तैपनि व्यवसायीहरूले विभिन्न अड्को थापेर सवारीसाधन सञ्चालन गरेका छैनन् ।

कोरोना भाइरसको संक्रमण घट्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताइरहेको छ। जोखिमको अवस्थालाई हेरी सामाजिक दूरी कायम गरी सवारीसाधन चलाउन यातायात मजदुर तयार भएको अवस्थामा व्यवसायीहरू भने सरकारसँग  विभिन्न माग राखी सिन्डिकेट खडा गर्न खोजेजस्तो देखिन्छ ।

अहिले पनि काठमाडौं उपत्यकामा  विभिन्न कम्पनीका सवारीसाधन केही सीमित मात्रामा चल्न थालेका छन् । सिन्डिकेट तोड्नका लागि मुख्य भूमिका खेलेको सुन्दर यातयात प्रालिले बस सञ्चालनमा ल्याएका छन् भने अन्य केही सवारीसाधन पनि सञ्चालनमा आएका छन् । सञ्चालनमा आएका सवारीसाधनले  सामाजिक दूरी कायम गरेका छन् भने एक सिट मात्र बस्ने व्यवस्था मिलाएका छन् ।

घाटा हुने देखेपछि सरकारसँग बार्गेनिङ
व्यवसायी करिब चार महिना सार्वजनिक सवारी थन्किएको भन्दै बै‌ंकको कर्जा तिर्ने म्याद सार्नदेखि साना–साना कुरामा बार्गेनिङ गर्दै आइरहेका छन् । सरकारी पक्षबाट सहयाेगकाे आश्वासन पाएका छन् भने भर्खरै जारी भएको मौद्रिक नीतिमा पनि व्यवासायीकाे माग समेटिएकाले सवारीसाधन सञ्चालन गर्नुपर्छ भन्ने केही व्यवसायीहरूले मत राखेका छन् । तर, केही व्यवसायीहरूले अहिलेको अवस्थामा सवारीसाधन सञ्चालन गर्न नसकिने अडान लिएका  छन् ।

यातायात  राष्ट्रिय व्यवसायी महासंघका  एक सदस्य भन्छन्, ‘गाडी चलाउनका लागि तयार नै छौँ, तर साथीहरू मान्नुभएको छैन । सम्भवतः केही दिनमै सवारीसाधन सञ्चालनमा ल्याउने गरी साथीहरू लाग्नुभएको छ ।’

सवारीसाधन चलाउन नपाएको भन्दै खोल्नका लागि  विभिन्न सरकारी कार्यलय धाएका तिनै व्यवसायी ५० प्रतिशत भाडा बढाएर आफूहरूलाई थाहै नदिई  सवारी चलाउन खोलिदिएको भन्दै विरोध जनाए । कोरोनाको महामारीमा सवारीसाधन चलाउँदा यात्रु नहुने, चलाउनु र नचलाउनु केही अर्थ नभएको देखेपछि व्यवासायी बरु सरकारसँग बार्गेनिङ गर्ने रणनीतिमा लागेकाे यातायात व्यवस्था विभागका एक अधिकारी बताउँछन् । 

यातायात खुलाउनकै लागि  सरकारसँग छलफल गरिरहेको र केही दिनमै सवारीसाधन सञ्चालनमा ल्याउने तयारीमा रहेकाे नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ । महासंघका महासचिव सरोज सिटौलाका अनुसार सोमबार दिनभर सरकारी निकायसँग छलफल गर्ने र आधिकारिक रूपमा मंगलबार पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक हुन्छ । 'हामी विस्तृत रूपमा भोलि पत्रकार सम्मेलन गरेर भन्छौँ, अब सरकारसँग हामी अन्तिम चरणमा छलफल गर्दै छौँ,’ उनले भने  ।