Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रासस काठमाडौं
२०७७ श्रावण ५ सोमबार १५:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माैसम : आगामी २४ घन्टा मुलुकभर वर्षा हुने

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७७ श्रावण ५ सोमबार १५:०२:००

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । 

विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसमविद् सजिना शाक्यले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घन्टा भारी वर्षाको समेत सम्भावना रहेको जानकारी दिइन् । 

लगातार वर्षाले त्यस क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ । विभागका अनुसार हाल मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरेको अवस्था छ ।