मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शान्ता कमली
२०७५ माघ १७ बिहीबार ०७:११:००
Read Time : < 1 मिनेट
समाचार

लमजुङका १३ सय २४ ले मात्रै लिए तेस्रो किस्ता

Read Time : < 1 मिनेट
शान्ता कमली
२०७५ माघ १७ बिहीबार ०७:११:००

भूकम्प गएको चार वर्ष बित्न लाग्दा लमजुङमा जम्मा १ हजार ३ सय २४ जनाले मात्रै आवास निर्माणको तेस्रो किस्ता बुझेका छन् । यसले जिल्लामा भूकम्पपछिको पुनर्निर्माणको गति अत्यन्तै सुस्त छ भन्ने देखाएको छ । लाभग्राहीमध्ये ५ हजार ४ सय ४९ जनाले दोस्रो किस्ता र १३ हजार ४ सय ६३ जनाले पहिलो किस्ता लिएका राष्ट्रिय पुनर्निर्माण जिल्ला अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार लमजुङका निमित्त प्रमुख उशेष श्रेष्ठले बताए । लमजुङमा १९ हजार ९ सय ५९ भूकम्पपीडित लाभग्राहीमा सूचीकृत भएका छन् ।

 लाभग्राहीमा सूचीकृत हुन ६८ सय ५५ को निवेदन
निजी आवास पुनर्निर्माणको लाभग्राहीमा सूचीकृत हुन पाऊँ भनेर ६ हजार ८ सय ५५ जनाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमा गुनासो दर्ता गरेका छन् । गुनासा सुन्नका लागि प्रत्येक स्थानीय तहमा वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा प्राधिकरणका इन्जिनियर र वडासचिव सदस्य छन् ।

निजी आवास पुनर्निर्माणका लागि प्रत्येक स्थानीय तहमा एकजना सिनियर इन्जिनियर, एक सामाजिक परिचालक र एकजना दक्ष डकर्मीको व्यवस्था गर्ने भनिएको थियो । तर, हालसम्म यसको कार्यान्वयन हुन सकेको छैन । 

सिनियर इन्जिनियरले प्रमाणित गरेपछि एकैपटक अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइमा अनुदान रकमका लागि सिफारिस पठाउने गरिएको छ । जिल्लामा भूकम्पबाट प्रभावितमध्ये वृद्धवृद्धा र एकल महिलाको संख्या ५ सय ५२ रहेको छ ।