मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण ४ आइतबार १८:२४:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

पोखरामा प्रहरीको छुट्टै अस्पताल सञ्चालन

Read Time : < 1 मिनेट
२०७७ श्रावण ४ आइतबार १८:२४:००

गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल प्रहरीले आफ्नो छुटै अस्पताल सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिका– ७ मुस्ताङचोकस्थित नेपाल प्रहरीको नवनिर्मित भवनमा आइतबारदेखि गण्डकी प्रदेश प्रहरी अस्पताल सञ्चालनमा आएको हो । 

प्रहरी, कर्मचारी साथै तिनका आश्रित परिवारलगायत भूतपूर्व प्रहरी कर्मचारीको औषधि–उपचार गर्ने गरी अस्पताल सञ्चालन गरेको गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले बताए । अस्पताल उद्घाटनका क्रममा अर्यालले प्रहरी कर्मचारीहरूलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउने उद्देश्यका संगठन अघि बढेको जानकारी दिए ।

अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डा. नर्मन लामिछानेले हाल जनरल ओपिडीसहित वार्ड, एक्स रे, ल्याब र फार्मेसी सेवा दिँदै आएकोमा यसलाई निरन्तरता दिँदै हाडजोर्नी, नसा तथा बाथ रोगलगायत विशेषज्ञ सेवा पनि प्रदान गरिने जानकारी दिए । प्रदेश प्रहरी कार्यालयका टिएसटी प्रमुख प्रहरी निरीक्षक निरञ्जनकुमार सिंहले नेपाल प्रहरी कल्याण कोषको २८ लाख २३ हजार चार सय ४६ रुपैयाँबाट निर्मित अस्पताल भवनमा सोधपुछ कक्ष, ओपिडी, इमर्जेन्सी, स्टाफ तथा सेवाग्राही शौचालयसहितको भवन कुल एघार सय ६ वर्गफिट रहेको जानकारी दिए ।

नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडाैंबाट प्रदान गरिरहेको सेवालाई विकेन्द्रिकृत गर्ने उद्देश्यसहित १७ चैत ०७४ मा अस्पताल भवन शिलान्यास गरिएको थियो । शिलान्यास गरिएको करिब साढे दुई वर्षपछि अस्पताल सञ्चालनमा आएको हो ।