१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ४ आइतबार १३:२२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा सर्किट : तीनपटक सर्किट ब्रेक लागेर आजका लागि कारोबार बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ४ आइतबार १३:२२:००

सेयर बजारमा परिसूचक नेप्से ६ प्रतिशतले बढ्दा आइतबारका लागि कारोबार स्थगित भएको छ ।

बजार खुलेको एक घन्टा आठ मिनेटमा सेयर कारोबार परिसूचक नेप्से ६ दशमलव शून्य चार प्रतिशत अर्थात् ८४ दशमलव २६ अंकले बढ्दा तेस्रोपटक सर्किट लागेर आइतबारका लागि कारोबार स्थगित भएको हो । 

बजार खुलेको ६ मिनेटमा ४ प्रतिशतले नेप्समा वृद्धि हुँदा पहिलो सर्किट ब्रेक लगाउनुपरेको थियो । 

त्यसपछि ११ बजेर २७ मिनेटमा खुलेको बजार ३७ सेकेन्ड कारोबार हुँदा ५ प्रतिशतले बढेर दोस्रोपटक सर्किट ब्रेक लाग्दा ४० मिनेटका लागि कारोबार स्थागित भएको थियो । 

तेस्रोपटक कारोबार खुलेको केही सेकेन्डमै पुनः ६ दशमलव शून्य चार प्रतिशतको वृद्धि हुँदा सेयर कारोबार आइतबारका लागि स्थगित भएको हो ।

नेप्से परिसूचक एक हजार चार सय ७९ दशमलव शून्य ३ अंकमा बन्द भएको छ । 

सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ८९ प्रतिशत अर्थात् १७ दशमलव ३९ प्रतिशतले बढेर तीन सय १२ दशमलव ४४ अंकमा बन्द भएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०७७/७८का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले सेयर बजारलाई फाइदा हुने गरी व्यवस्था गरेपछि आइतबार लगानीकर्ता उत्साहित बनेको विश्लेषकहरूले बताएका छन् । 

बजार खुल्नेबित्तिकै बैंकिङ समूहको सेयरमा लगानीकर्ता झुम्मिएका थिए । त्यसैले बैंकिङ समूह ७ दशमलव ४४ प्रतिशतले बढेको छ । 

जीवन बिमा समूह पनि ६ दशमलव ६८ प्रतिशतले बढेको छ ।

आइतबार १ सय ११ कम्पनीको ६ करोड २५ लाख ६६ हजार रुपैयाँबराबरको एक लाख ८० हजार पाँच सय ९६ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

आइतबार नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै २ करोड ४१ लख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।