मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ४ आइतबार ११:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी अप्रेसन : लागुऔषध कारोबारी खोज्दा नक्कली नेपाली नोट भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ४ आइतबार ११:५१:००

लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)बाट केही दिनअघि ठूला लागुऔषध कारोबारी पक्राउ गर्ने लक्ष्यसहित एक टोली बारामा खटिएको थियो । 

लामो प्रयत्नपछि प्रहरीले उक्त शंका गरिएको समूहले लागुऔषधको कारोबार गर्ने नभई नक्कली नोट आपूर्ति गर्ने गरेको फेलापरेको हो । उनीहरूबाट प्रहरीले मात्रामा नक्कली नोट बरामद गरेको छ । 

बाराको  महागढीमाई  नगरपालिका– २ बरियापुरस्थित सडक किनारमा ना.५४प ३८०५ नम्बरको मोटरसाइकलसहित  तीनजनालाई प्रहरीले १५ लाख ४४ हजार चार सय नक्कली नेपाली रुपैयाँसहित पक्राउ गरेको हो । 

साथै उनीबाट एक लाख ८३ हजार ६ सय ५० भारतीय रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरूमा भारतीय नागरिक सुधीरकुमार कुसहवा, बाराका मनोज साह तेली र नरेन्द्रप्रसाद कुसहवा छन् ।  

उनीहरू लागुऔषध कारोबारमा आबद्ध रहेको सूचनाका आधारमा ब्युरोबाट डिएसपी प्रेम शाहीको नेतृत्वमा एक टोली बारा पुगेको थियो । 

सोही टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।