१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ माघ १६ बुधबार २१:२७:००
Read Time : < 1 मिनेट
समाचार

क्रान्तिकारी माओवादीका कार्यकर्ताले दले मालपोतका कर्मचारीलाई कालोमोसो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १६ बुधबार २१:२७:००

जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी नरबहादुर घर्तीलाई मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का कार्यकर्ताले कालोमोसो दलेका छन् । सेवाग्राहीलाई अनावश्यक दुःख दिएको आरोपमा कार्यकक्षमै पुगेका क्रान्तिकारी माओवादीका कार्यकर्ताले कालोमोसो दलेका हुन् । 

क्रान्तिकारी युवा लिग र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले संयुक्तरूपमा कालोमोसो दलेको युवा लिगका हिमाल शाहीले पुष्टि गरे । 

मालपोत कार्यालयका प्रमुख लक्ष्मी खत्रीले सेवाग्राहीको काम गरिरहेका बखत कर्मचारीमाथि दुर्व्यवहार गरिनु कानूनी शासनको उपहास भएको प्रतिक्रिया दिइन् । 

यसअघि वाइडबडी खरिद प्रकणमा मुछिएका नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई पनि उनकै कार्यकक्षमा क्रान्तिकारी माओवादीका कार्यकर्ताले कालोमोसो दलेका थिए ।