मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २ शुक्रबार १२:०२:००
Read Time : < 1 मिनेट
प्रविधि डिजिटल संस्करण

नवीन प्रविधि आविष्कार गर्न दुई करोड अनुसन्धानवृत्ति वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २ शुक्रबार १२:०२:००

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले नयाँ प्रविधि आविष्कार गर्न दुई करोड रुपैयाँ अनुसन्धानवृत्ति वितरण गरेको छ । 

प्रतिष्ठानको कार्यालयमा भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एक संस्थासहित ३३ वटा नयाँ प्रविधि विकाससम्बन्धी प्रस्तावनालाई दुई करोड रुपैयाँभन्दा बढी अनुसन्धानवृत्ति उपलब्ध गराएका हुन् । 

नाष्टले आ.व. ०७६/७७ को वार्षिक कार्यक्रमअनुसार नै समृद्धिका लागि नवप्रवर्तन कार्यक्रमअन्तर्गत एक संस्था र ३३ जना व्यक्तिहरूलाई प्रस्तावमा आधारित भएर अनुसन्धानवृत्ति विरण गरिएको प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले जानकारी दिए ।

कोभिड–१९ प्रतिरोधका लागि उपयोगी प्रविधिहरूको विकास गर्न २० जनालाई एक करोड २४ लाख १४ हजार रुपैयाँ र समाजका लागि प्रविधि कार्यक्रमअन्तर्गत १३ जनालाई ९६ लाख रुपैयाँ वृत्ति उपलब्ध गराएको उनले जानकारी दिए । 

विज्ञान, प्रविधि र नवप्रवर्तनलाई जोड दिएर नाष्टले स्मार्ट नाष्ट, साइन्स पार्क, साइन्स सिटी तथा सबै प्रदेशहरूमा सेन्टर अफ एक्सलेन्स स्थापना गर्नेलगायत कार्यक्रमहरूसमेत अघि सारेको छ ।