१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २ शुक्रबार ०५:२७:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोभिड–१९ विरुद्ध खोप : अमेरिकामा गरिएको परीक्षणको नतिजा सुखद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २ शुक्रबार ०५:२७:००

- कोभिड–१९ विरुद्धको खोपमा पहिलो चरणको नतिजा सुखद आएको अमेरिकी बायोटेक्नोलोजी कम्पनी मोडर्नाले बताएको छ ।

- नेसनल इन्स्टिच्युट अफ हेल्थसँग मिलेर मोडर्नाले यो खोप तयार पारेको हो ।

- परीक्षणमा खोपको सामान्य साइडइफेक्ट मात्र देखिएको छ । खोप रोगप्रतिरोधात्मक शक्ति बढाउन उपयोगी देखिएको कम्पनीको भनाइ छ ।

- परीक्षणमा सहभागीहरूमा थकान, चिसो महसुस हुने तथा टाउको, मांसपेशी र इन्जेक्सन लगाइएको ठाउँमा दुख्ने सामान्य समस्या देखिएको छ । तर, सहभागी सबैको शरीरमा प्रतिरोधी क्षमता बढाउन सफलता मिलेको छ ।

- २७ जुलाईदेखि तेस्रो चरणको परीक्षण गरिँदै छ । त्यसको नतिजा पनि प्रभावकारी देखिए कोभिड–१९ रोकथामका लागि पहिलो खोप उपलब्ध हुने मोडर्नाले जनाएको छ ।

- कम्पनीले मंगलबार प्रकाशित गरेको विज्ञप्तिअनुसार बर्सेनि ५० करोड डोज खोप उत्पादन गर्ने तयारी छ । सन् २०२१ भित्र उत्पादन क्षमता बढाएर एक अर्ब डोज बजारमा पुर्‍याउने गरी काम भइरहेको कम्पनीको भनाइ छ ।

- ‘पहिलो परीक्षणमा सुरक्षा र इम्युन रेस्पोन्समा पार्ने प्रभावबारे थाहा पाउने उद्देश्य थियो,’ अध्ययनमा संलग्न डा. लिसा ज्याक्सन भन्छिन्, ‘इम्युन रेस्पोन्समा राम्रो प्रभाव देखियो ।’

- अब संक्रमण रोक्ने गरी खोपले काम गर्छ कि गर्दैन भन्ने परीक्षण बाँकी रहेको उनी बताउँछिन् । डा. लिसाका अनुसार अन्तिम चरणको परीक्षणबाट त्यसको जवाफ प्राप्त हुनेछ ।

- मोडर्नाले खोपको नाम ‘एमआरएनए–१२३७’ जुराएको छ । अमेरिकामा क्लिनिकल परीक्षण तेस्रो चरणमा पुगेको यो पहिलो खोप हो ।

- पहिलो र दोस्रोपछि तेस्रो चरणको परीक्षणमा कति डोज प्रयोग गर्ने भन्ने यकिन भइसकेको मोडर्नाले जनाएको छ । ‘यो साँच्चिकै महत्वपूर्ण सूचना हो,’ डा. लिसा भन्छिन् ।

- खोपको दोस्रो चरणको नतिजा आउन बाँकी छ । तेस्रो चरणमा हजारौँ मानिसमा परीक्षण गर्ने तयारी छ ।

- पहिलो चरणमा १८ देखि ५५ वर्षका स्वस्थ युवालाई सहभागी गराइएको थियो, जसलाई २८ दिनको अन्तरमा दुई–दुईपटक खोप दिइयो । केहीलाई सियाटलस्थित केइसर पर्मानेन्टी र केहीलाई एटलान्टास्थित इमोरी विश्वविद्यालयमा खोप दिइएको थियो ।

- १६ मार्चदेखि १४ अप्रिलसम्म उनीहरूलाई २५ हजार एक सयदेखि दुई सय ५० माइक्रोग्राम खोप दिइएको थियो । 

- ‘पहिलो डोजले इम्युन सिस्टमलाई एक्टिभ बनाउनेछ । दोस्रो डोजले इम्युन सिस्टमलाई अझ बलियो बनाउनेछ,’ डा. लिसा भन्छिन्, ‘यसअनुसार हामी अन्तिम चरणको परीक्षण सम्पन्न नभएसम्म यसको प्रभावकारिता निश्चित गर्न सक्दैनौँ ।’