Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण १९ सोमबार
  • Monday, 03 August, 2020
२०७७ असार ३१ बुधबार ०८:३०:००
समाचार प्रिन्ट संस्करण

भाडा छुट दिने घरधनी सम्मानित

२०७७ असार ३१ बुधबार ०८:३०:००

लकडाउनका वेला भाडा छुट दिने बुटवलका घरधनीलाई मंगलबार सम्मान गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ र नेपाल घरबहाल सरोकार संघले उनीहरूलाई सम्मान गरेका हुन् । स्वतस्फूर्त रूपमा भाडा छुट दिएका २९ घरधनी सम्मानित भएका छन् ।

उनीहरूमध्ये कतिपयले तीन महिनासम्मको भाडा छुट दिएका छन् । समस्यामा परेका परिवारलाई भाडा छुट दिएकामा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उनीहरूलाई धन्यवाद दिए । उनीहरूको काम अनुसरणयोग्य भएको उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए ।

घरधनी र बहालमा बस्नेहरूको सुरक्षाको जिम्मेवारी सरकारको भएको सरोकार संघका अध्यक्ष शंकर कोइरालाले बताए ।