Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण १९ सोमबार
  • Monday, 03 August, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार ३१ बुधबार ०७:५५:००
कोरोना अपडेट प्रिन्ट संस्करण

कोभिड–१९ : फेरि चर्चामा रेम्डेसिभिर

नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार ३१ बुधबार ०७:५५:००

- एन्टिभाइरल औषधि ‘रेम्डेसिभिर’बाट कोभिड–१९ का तीनमध्ये एक बिरामीको अवस्थामा सुधार देखिएको दाबी दक्षिण कोरियाली अधिकारीहरूको छ । कोभिड–१९ विरुद्ध उपयोगी हुने–नहुने यकिन नभएको यो औषधि सोही कारण फेरि चर्चामा आएको छ ।

- यो औषधि अमेरिकी कम्पनी ‘गिलिड साइन्सेस’ले उत्पादन गर्छ । ‘हेपाटाइटिस–सी’का बिरामीका लागि सन् २००९ मा यसको विकास गरिएको हो । इबोला, सार्स र मर्स भाइरस संक्रमितका लागि पनि यो औषधि प्रयोग गरिएको थियो ।

- कोभिड–१९ का बिरामीलाई पनि यो उपयोगी भएको कम्पनीले दाबी गर्दै आएको छ । अमेरिका, भारत, जापान, अस्ट्रेलिया, बेलायतलगायत मुलुकमा यसको प्रयोग भइरहेको छ । संक्रमणबाट छिटो मुक्ति दिन यो औषधि उपयोगी भएको दाबी गरिँदै आएको छ ।

- समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियामा रेम्डेसिभिरका कारण बिरामी ठीक भएका हुन् या त्यसका अरू नै कारण थिए भन्ने अनुसन्धान हुन बाँकी छ ।

- अमेरिकामा क्लिनिकल परीक्षणपछि इन्जेक्सनमार्फत कोभिड–१९ का बिरामीलाई यो औषधि दिँदा निको हुने समयमा कमी देखिएको थियो ।

- कोभिड–१९ कै लागि खोप र औषधि तयार नभएकाले चिकित्सकले लक्षणका आधारमा यसको उपचार गर्दै आएका छन् । दक्षिण कोरियाले पनि रेम्डेसिभिरको उपयोग गर्दै आएको छ ।

- गम्भीर अवस्थामा पुगेका कोरोना संक्रमितलाई यो औषधि दिँदा मृत्युदर घटेको दक्षिण कोरियाली अधिकारीहरूको भनाइ छ ।

- यसको थप पुष्टि गर्न क्लिनिकल परीक्षणको आवश्यकता अधिकारीहरूले औँल्याएका छन् । दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्रले कोभिड–१९ का २७ बिरामीमा देखिएको नतिजा सार्वजनिक गरेको हो ।

- केन्द्रका अनुसार तीमध्ये नौजना बिरामी पूर्ण रूपमा निको भए । १५ जनाको स्वास्थ्य अवस्थामा कुनै असर देखिएन भने तीनजनाको अवस्था अझ खराब बन्यो ।

- उक्त नतिजालाई एक नियन्त्रित समूहमा तुलना गर्नुपर्ने केन्द्रले सुझाएको छ । गत जुनमा दक्षिण कोरियाले पाँच हजार बिरामीका लागि रेम्डेसिभिर उपलब्ध गराउन गिलिड साइन्सेससँग अनुरोध गरेको थियो ।