१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार ३१ बुधबार ०६:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोनाविरुद्ध खोप बनाएको रुसको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार ३१ बुधबार ०६:२०:००

- कोभिड–१९ विरुद्ध खोप र औषधि तयार पार्न संसारभर प्रयास जारी छ । यही प्रयासमा रुस पनि थपिएको छ । रुसी वैज्ञानिकहरूले यस महामारीविरुद्ध पहिलो खोप तयार भएको दाबी गरेका छन् ।

- रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार मस्को स्टेट मेडिकल युनिभर्सिटीका वैज्ञानिकले खोपको क्लिनिकल परीक्षण सफल भएको बताएका हुन् ।

- ‘कोरोनाविरुद्ध संसारको पहिलो खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक पूरा गरिएको छ,’ युनिभर्सिटीमातहतको ‘इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एन्ड बायोटेक्नोलोजी’का निर्देशक भादिम तरासोभले भने ।

- तरासोभका अनुसार उक्त खोप मानिसमा सुरक्षित देखिएको छ । परीक्षणमा सहभागी व्यक्तिहरूमध्ये पहिलो समूहलाई १५ जुलाई र दोस्रो समूहलाई २० जुलाईमा अस्पतालबाट डिस्चार्ज दिइने भएको छ ।

- ‘गेमेलिया नेसनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजी’ले यो खोप बनाएको हो । १८ जुनमा यसको क्लिनिकल परीक्षण थालिएको थियो ।

- यो खोप मानिसका लागि सुरक्षित भए÷नभएको यकिन गर्न क्लिनिकल परीक्षण गरिएको विश्वविद्यालयका वरिष्ठ अधिकारी अलेक्जेन्डर लुकासेभले बताए । र, त्यसबाट सुरक्षित रहेको निष्कर्ष निस्किएको छ ।

- खोपको व्यापक उत्पादनका लागि रणनीति तयार भइरहेको लुकासेभ बताउँछन् । कोरोना संक्रमण सुरु भएको सात महिनामा सबै मुलुकमा गरी ७० लाखभन्दा बढी मानिस पूर्ण निको भइसकेका छन् ।

- अमेरिकाको गिलिड साइन्सेस, बेलायतको अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ता तथा अमेरिकी बायोटेक कम्पनी मोडर्ना कोभिड–१९ विरुद्धको खोप तयार पार्न सबैभन्दा अगाडि देखिएका छन् । खासगरी, अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताबाट प्राप्त सुरुवाती नतिजा उत्साहजनक मानिएको छ ।

- कोरोना भाइरसको उद्गम मुलुक चीनको जनमुक्ति सेनामा पनि क्लिनिकल परीक्षण जारी छ । भारतले पनि खोपको क्लिनिकल परीक्षण भइरहेको दाबी गरेको छ ।