१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार ३१ बुधबार ०५:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

वडाध्यक्ष पक्राउ गरेकोमा ललितपुर महानगरको आपत्ति

Read Time : < 1 मिनेट
२०७७ असार ३१ बुधबार ०५:२८:००

ललितपुर महानगरपालिकाले सेवाग्राहीले पेस गरेको निवेदनका आधारमा कानुनबमोजिम गरिदिएको नाता प्रमाणितको विषयमा वडाध्यक्ष पक्राउ गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले वडा नम्बर ३ का अध्यक्ष गोपाल महर्जनलाई पक्राउ गरेको थियो । मंगलबार बसेको महानगर कार्यपालिका बैठकले सेवाग्राहीले पेस गरेको निवेदनका आधारमा कानुनबमोजिम सिफारिस दिएका वडाध्यक्ष महर्जनलाई पक्राउ गर्नुले जनताप्रति समर्पित जनप्रतिनिधिलाई हतोत्साही गरेको निर्णय गरेको छ । 

‘वडावासीको सेवामा इमानदारीपूर्वक समर्पित जनप्रतिनिधिहरूको प्रत्यक्ष संलग्नता नभई वडाबाहिरका अन्य व्यक्तिहरूले झेली गरेको गलत लिखत र क्रियाकलापमा वडाअध्यक्षलाई समेत मुछी हिरासतमा लिनुले जनप्रतिनिधिहरू हतोत्साही भएका छन्,’ मेयर चिरिबाबु महर्जनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो घटनाले जनप्रतिनिधिहरूमा काम गर्न त्रासको वातावरण सिर्जना भएको भन्दै मेयर महर्जनले यथाशीघ्र सत्यतथ्य छानबिन गरी जनप्रतिनिधिलाई जनताको सेवामा समर्पित हुने कार्यबाट वञ्चित नगराउन आग्रह गरेका छन् ।