१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
लिमी सुनखानी आधारभुत विद्यालय । 
२०७७ असार ३० मंगलबार २०:२९:००
Read Time : < 1 मिनेट
समाचार

लिमीका दुई विद्यालयलाई लकडाउनले छोएन

Read Time : < 1 मिनेट
२०७७ असार ३० मंगलबार २०:२९:००

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले चैत पहिलो सातादेखि नै देशभरका विद्यालय बन्दको घोषणा गरेको थियो । तर, हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीगाउँका दुई विद्यालयमा भने लकडाउन अवधिमा पनि नियमित पठनपाठन  भइरहेको छ । 

हुम्लामा २६ वटा माध्यामिक, उच्च माध्यामिक विद्यालय र एक सय १८ वटा आधारभूत विद्यालय छन् । जसमध्ये भृकुटी आधारभूत विद्यालय जाँङ र सुनखानी आधारभूत विद्यालय हल्जीमा भने नियमित पठनपाठन भएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । भृकुटी आधारभूत विद्यालयका १५ जना बालबालिका र सुनखानी आधारभूत विद्यालयका २५ जना बालबालिका नियमित विद्यालयमा अध्ययन गर्दै आएको वडाध्यक्ष तामाङको भनाइ छ । सरकारले बन्दको घोषणा गरेसँगै सरकारी शिक्षक आ–आफ्ना घर फर्किए पनि गाउँका निजी शिक्षकहरूले ती विद्यालयमा पठनपाठन नियमित गराएका हुन् । उनले भने, ‘सरकारबाट तलब खाने शिक्षक कोही छैनन् । आत्मीय नेपाल नामक गैरसरकारी संस्थाबाट राखिएका चारजना शिक्षकले लिमीका दुई विद्यालय थेगेका हुन् ।’