मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७७ असार ३० मंगलबार १९:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्र मन्त्रालयले भन्यो– प्रधानमन्त्रीको अभिव्यक्ति कसैको संवेदना र भावनामा ठेस पुऱ्याउन लक्षित छैन

Read Time : < 1 मिनेट
रासस
२०७७ असार ३० मंगलबार १९:५२:००

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७औँ भानुजयन्तीका अवसरमा दिएको अभिव्यक्तिप्रति विविध व्याख्या र प्रस्तुतीकरण भएकाेमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै कसैको भावना र संवेदनामा ठेस पुऱ्याउने नियत नरहेको स्पष्ट गरेको छ । 

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी नेपाली भाषामा रामायणका लेखक आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा सोमबार प्रधानमन्त्रीले दिएको अभिव्यक्ति कुनै पनि राजनीतिक विषयसँग सम्बन्धित नरहेको र कुनै पनि व्यक्तिको संवेदना र भावनामा ठेस पुऱ्याउने नियत नरहेको जनाएको छ । 

श्रीराम र उहाँसँग सम्बन्धित धेरै स्थानबारे बहुधा कल्पित कथा र प्रसंग रहेको र सोही सन्दर्भमा प्रधानमन्त्रीले रामायण र श्रीरामसम्बन्धी विशाल सांस्कृतिक भूगोलका साथै राम र रामायणसँग सम्बन्धित उन्नत सभ्यताको थप अध्ययन–अनुसन्धान गर्नुपर्ने महत्व दर्शाउने क्रममा टिप्पणी गरेको मन्त्रालयले जनाएको छ ।  ‘अयोध्याको महत्ता र त्यसको सांस्कृतिक मान्यता अवमूल्यन गर्नेतर्फ प्रधानमन्त्रीज्यूको अभिव्यक्ति लक्षित थिएन,’ विज्ञप्तिमा भनिएको छ । 

परम्परागत रूपमा विवाहपञ्चमी महोत्सवको आयोजना हुने गरेको र भारतको अयोध्याबाट नेपालको जनकपुरमा हरेक वर्ष जन्ती आउने गरेको उल्लेख गर्दै विज्ञप्तिमा दुई वर्षअघि नेपाल र भारतका प्रधानमन्त्रीले जनकपुर–अयोध्या यात्रु बससेवा प्रारम्भ गरेको स्मरण गरेको छ । ‘यी वास्तविकताले लामो समयदेखिको नेपाल र भारतका साथै दुवै देशका जनताको सम्बन्धलाई पुष्टि गर्दछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।