Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३० मंगलबार १८:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उमेर घटाएर जागिर खाने डिएसपीविरुद्ध मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३० मंगलबार १८:०१:००

उमेर सच्याएर जागिर खाएको अभियोगमा नेपाल प्रहरीका डिएसपी रमेशबहादुर सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । २६ वर्षको उमेर हुँदा नागरिकताको प्रतिलिपि बनाई २५ वर्ष बनाएर इन्स्पेक्टरमा भर्ना भएका थिए । 

उनले उमेर सच्याएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।  

उनले ०३२/१०/१२ जन्ममिति राखेर बझाङबाट नागरिकता बनाएका थिए । ०५८ सालमा प्रहरीको इन्स्पेक्टर खुल्दा उनी २६ वर्ष पुगिसकेका थिए । त्यसपछि नागरिकता हराएको बहानामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट उनले प्रतिलिपि लिए । जसमा जन्ममिति ०३३/१०/१२ बनाइएको थियो । सोही नागरिकताका आधारमा शैक्षिक प्रमाणपत्रहरूमा समेत जन्ममिति सच्याइएको थियो ।  


डिएसपी सिंह इन्स्पेक्टरका रूपमा ललितपुरमा कार्यरत रहँदा घुससहित पक्राउ परेकोमा पछि विशेष अदालतबाट सफाइ पाएका थिए । सफाइ पाएपछि तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले इप्रका कोहलपुर र बौद्ध वृत्तको जिम्मेवारी दिएका थिए ।