मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार ३० मंगलबार १६:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओम्नी समूहको बचाउ गर्दै सचिव कोइरालाले भने– महामारीको वेला सामान आउनु नै ठूलो हो

Read Time : < 1 मिनेट
२०७७ असार ३० मंगलबार १६:२४:००

तत्कालीन स्वास्थ्यसचिव यादवप्रसाद कोइरालाले स्वास्थ्य सामग्री खरिद गर्दा कहीँ‌कतैबाट अनियमितता  भएको रहेछ भने जस्तोसुकै सजायको भागीदार बन्न तयार हुनुपर्ने बताएका छन् । 

मंगलबार सार्वजनिक लेखा समितिले बैठकमा स्वास्थ्य सामग्री खरिद गर्दा बजेटको स्राेत यकिन र लागत अनुमान तयारी नगरी सीधै प्रस्ताव माग गरी खरिद प्रक्रिया अघि बढाएर खरिद सम्झौता गरेपछि बजेट उपलब्ध गराउन मन्त्रालयमा लेखी पठाएकोमा मन्त्रालयले कार्य अघि बढाएको किन देखियो ? विभागीय प्रमुखले आफू खरिद प्रक्रियामा नेतृत्व गर्नुपर्नेमा अन्य असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियार दुरुपयोग गरिएको देखियो । यसमा मन्त्रालयले किन हस्तक्षेप गरी खरिद प्रक्रिया विभागबाट नगरी मन्त्रालयबाट गरिएको हो ? लगायतका प्रश्नको जवाफ दिँदै तत्कालीन सचिव कोइरालाले भने, ‘अनियमितता देखिएको छ भने छानबिन गर्नुस् । पत्ता लगाउनुस् । प्रक्रियागत त्रुटि हुन सक्छ । कानुन, विधि र प्रक्रिया पूरा गरेका छौँ । तत्कालीन अवस्थामा अनियमितता हुन सक्दैन । समिति अभिभावक भएकाले अभिभावकत्व ग्रहण गरेर छानबिन गरेर हेरिदिनुस् । सहयोग गर्न तयार छौँ ।’

ओम्नी समूहको बचाउ गर्दै तत्कालीन सचिव काेइरालाले तत्कालीन भयावहको अवस्थामा सामान कसले ल्यायो भन्दा पनि सामान कसरी प्राप्त भयो भन्ने प्रश्नको विषय हुनुपर्ने बताएका छन् ।

‘त्यतिवेला ल्याएको सामानले दुई महिना धानेको थियाे। त्यो सामान नल्याएको भए के हुन्थ्यो ?’ उनले भने, ‘सामान सहज रूपमा प्राप्त हुने भए त्यसपछि सामान किन आएन ?’ स्वास्थ्य सामग्री खरिद प्रक्रियामा प्रश्न उठेपछि समितिले छानबिन थालेको हो ।