Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २८ बुधबार
  • Wednesday, 12 August, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार ३० मंगलबार १६:२३:००
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा प्रवक्ताको असन्तुष्टि, लगातार गरे तीन ट्विट

नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार ३० मंगलबार १६:२३:००

प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् ।

तात्कालिक क्षणिक स्वार्थमा आधारित भएर जे पनि भन्ने र प्रचार गर्ने प्रवृत्ति त्याग्न प्रवक्ता श्रेष्ठको प्रधानमन्त्रीलाई सुझाब छ ।

यस्ता छन् उनका ट्विट- हाम्रो भूराजनीतिक संवेदनशीलताप्रति हामी सचेत हुनैपर्छ। स्वतन्त्र परराष्ट्र नीतिमा आधारित कूटनीतिक श्रेष्ठताले मात्र हामीले हाम्रो भूराजनीतिक अवस्थितिको लाभ लिन सक्छौँ, अन्यथा देश बाह्य शक्तिहरूको क्रीडास्थल बन्ने र राष्ट्रिय सार्वभौमिकता नै खतरामा पर्न सक्ने ठूलो जोखिमको चुनौती छ।

त्यसैगरी, ‘देशभित्रका सबै निर्णयहरू एउटा वा अर्को विदेशी शक्तिले गरेको हो र नेपाली सबै एउटा वा अर्को ‘परस्त’ हुन् भन्ने आत्मनिन्दक प्रवृत्ति त्यागौँ । केही त्यस्ता ‘परस्त’ होलान्, लडौँ । तर, हरहमेसा ‘षड्यन्त्र सिद्धान्त’ आविष्कार नगरौँ । आन्तरिक राजनीतिक प्रयोजनले यसो गर्नु त अपराध नै हुन्छ ।’

‘नेपालका राजनीतिक पार्टी, नेता र नेपालीहरूको अपमान र अवमूल्यन नगरौँ । आलोचनात्मक चेतविना, तथ्य नहेरी, तात्कालिक क्षणिक स्वार्थमा आधारित भएर जे पनि भन्ने र प्रचार गर्ने प्रवृत्ति त्यागौँ । यसले राष्ट्र र समाजलाई राम्रो गर्दैन । नयाँ युवा पुस्तालाई हामी के सिकाउँदैछौँ ? देशभक्त र विवेकी बनौँ ।’