Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार ३० मंगलबार १६:१६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना मिटर : संक्रमितकाे संख्या १७ हजार नाघ्याे, मंगलबार थप एक सय १६ जनामा संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
२०७७ असार ३० मंगलबार १६:१६:००

पछिल्लाे २४ घन्टामा देशभरका २५ वटा प्रयाेगशालामा गरिएकाे परीक्षणमा थप एक सय १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । 

नयाँ थपसमेत हालसम्म संक्रमित हुनेको संख्या १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सो अवधिमा चार हजार तीन सय ६१ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको जानकारी दिए । 

त्यसैगरी मंगलबार ३४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेको कुल संख्या १० हजार तीन सय २८ पुगेको छ ।

निको हुने प्रतिशत ६० दशमलव ५३ रहेको गौतमले जानकारी दिए । 

सक्रिय संक्रमित भई हाल आइसोलेसनमा ६ हजार ६ सय ९५ र क्वारेन्टाइनमा बस्नेको संख्या २४ हजार सात सय १६ रहेको मन्त्रालयले जनाएको छ ।