१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३० मंगलबार १४:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहसचिव न्यौपाने भन्छन्– कारागारका लागि छुट्याएको बजेटले ६ महिनालाई पनि पुग्दैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३० मंगलबार १४:४७:००

गृहसचिव महेश्वर न्यौपानेले कारागारलाई बजेटकै अभाव भएको बताएका छन् । 

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै उनले कारागारलाई छुट्याएको बजेटले ६ महिनालाई पनि नपुग्ने बताए ।

कारागारहरूका लागि छुट्याइएको बजेट एकदमै कम भएको उनको भनाइ थियो ।

उनले भने, ‘कारागारलाई छुट्याएको बजेट ६ महिलाई पनि पुग्दैन । न्यूनतम भए पनि आवश्यकता पूरा गर्नु छ । मैले अर्थसचिवसँग रोइकराइ गरेर बजेट निकासा गराएको छु ।’

अहिले ७२ जिल्लामा ७४ वटा कारागार रहेको उनले जानकारी दिए । तर, सबै ठाउँमा अधिकृत कर्मचारी पनि पुऱ्याउन नसकिएको उनले बताए ।

कारागारहरूमा क्षमताभन्दा बढी कैदी राख्नुपर्ने बाध्यता रहेको उनले सुनाए । उनले भने, ‘क्षमताभन्दा बढी कैदी राख्नुपर्ने बाध्यता छ ।आफ्नै जग्गामा संरचना बनाउन पनि पैसाको अभाव छ ।’

कारागारबाट ज्येष्ठ नागरिकलाई छाड्ने वा सुविधा दिने कुरामा गृह मन्त्रालय सकारात्मक रहेको गृहसचिवको भनाइ थियो । 

तर, ज्येष्ठ नागरिकलाई छाड्नुपर्ने कुरा मन्त्रिपरिषद्ले निर्णय गर्ने विषय भएकाले यसबारेमा निष्कर्ष आइनसकेको उनको भनाइ थियो ।