मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३० मंगलबार १४:२९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिका-चीन तानातानी : दक्षिण चीन सागरमा चीनले बढाएको गतिविधि गैरकानुनी भएको अमेरिकी प्रतिक्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३० मंगलबार १४:२९:००

दक्षिणी चीन सागरको विषयलाई लिएर अमेरिकाले चीनप्रति कडा प्रतिक्रिया दिएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले दक्षिण चीन सागरमा चीनको गतिविधि गैरकानुनी भएको बताएका छन् । 

उनले विवादित क्षेत्रलाई नियन्त्रण गर्न चीनले गरिरहेको आक्रामक प्रयास गलत भएको बताएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ । 

चीनले पछिल्ला दिनमा दक्षिण चीन सागरको ठूलो हिस्सालाई आफ्नो क्षेत्र भएको दाबी गर्दै भौतिक संरचनासमेत बनाएको छ भने सैनिक क्याम्पहरू बनाइरहेको पश्चिमी देशहरूको आरोप छ । 

यस क्षेत्रका कतिपय द्वीपहरूमाथि चीनसहित ताइवान, फिलिपिन्स, ब्रुनाई, मलेसिया तथा भियतनामले दाबी गर्दै आएका छन् । 

दक्षिण चीन सागरका विषयमा चीनसँग यी देशहरूको लामो समयदेखि मतभेद रहँदै आएको छ भने चीनले यस क्षेत्रमा बढाएको सक्रियतासँगै यी देशहरूले पनि चीनको गतिविधिप्रति विरोध जनाउँदै आएका छन् ।