मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३० मंगलबार १४:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको अयोध्यासम्बन्धी अभिव्यक्ति विवादास्पद र आपत्तिजनक : शान्ति समाज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३० मंगलबार १४:०४:००

मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्यासम्बन्धी अभिव्यक्ति द्वन्द्वलाई बढावा दिने, विवादास्पद र आपत्तिजनक भएको भन्दै  निन्दा गरेको छ । 

सोमबार प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।  समाजले मंगलबार विज्ञप्ति जारी गर्दै नेपालमा सरकार, राजनीतिक दल, नागरिक समाज कसैले पनि नउठाएको र कतै नसुनिएको विषयलाई प्रधानमन्त्री पदमा आसीन व्यक्तिले लहडका भरमा अनावश्यक रूपमा व्यक्त गर्नुले करोडौँ मानिसको आस्था र विश्वासमा चोट पुगेको उल्लेख गरेको छ । 

प्रधानमन्त्री ओलीको अप्रमाणिक, असान्दर्भिक र अप्रासंगिक सो अभिव्यक्तिले लज्जित हुनुपर्ने अवस्था पैदा भएको भन्दै छिमेकका नागरिकलाई भड्काउने, शान्ति र सद्भाव खलबल्याउने एवं द्वन्द्वलाई बढावा दिने नियतले प्रेरित देखिएको विज्ञप्तिमा उल्लेख छ ।  

समाजले केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा निरन्तरता कति उचित ? भनेर प्रश्नचिह्न खडा गरेकाे छ । प्रधानमन्त्रीको निरन्तरताकाे विषयमा  सत्तारुढ नेकपा र संसद्ले वेला छँदै लोकतान्त्रिक तवरले छलफल गरी निष्कर्षमा पुग्नु आवश्यक भएको धारणा समेत व्यक्त गरेको छ ।