१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार ३० मंगलबार १२:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली कर्मचारी बनेर ठगी गर्ने पक्राउ

Read Time : < 1 मिनेट
२०७७ असार ३० मंगलबार १२:३६:००

आफूलाई बैंकको कर्मचारी भएको भन्दै ठगी गरेको आरोपमा कैलालीमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

दार्चुलाको लेकम गाउँपालिका– १ का पदम भट्टलाई डोटीको पिपल्लाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भट्टले आफू नेपाल बैंक लिमिटेडको अधिकृत भएको भन्दै टीकापुरकी एक महिलालाई नेपाल बैंकबाट ऋण पास गराइदिने प्रभोलन देखाएर रकम असुल्न खोजेको पाइएकाले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । 

बैंकबाट साढे तीन करोडको ऋण पास गराइदिने भन्दै ती महिलासँग उनले दश लाख रुपैयाँ असुलेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक विष्टका अनुसार दश लाख लिइसकेपछि भट्टले थप दुई लाख मागेको र शंका लागेपछि महिलाले प्रहरीलाई खबर गरेकी थिइन् । 

ठगीमा सहयोग गरेको भन्दै डोटीको आदर्श गाउँपालिका घर भएकी ३५ वर्षीया सञ्जाकुमारी कठायतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूको साथबाट नेपाल बैंक लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आइएमईका भौचर बरामद गरिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । 

भट्टले आफू बैंकको शाखा प्रबन्धक भएको भन्दै जागिर लगाइदिने प्रलोभनमा अन्यलाई पनि ठगेको पाइएको प्रहरीले जनाएको छ ।