मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ असार ३० मंगलबार ०६:३६:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

भानुजयन्तीमा १३ स्रष्टा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ असार ३० मंगलबार ०६:३६:००

प्रदेश–१ सरकारले एक लाख र ५० हजार रुपैयाँसहित १३ जना साहित्यकार र कलाकारलाई सम्मान गरेको छ । भानुजयन्तीका अवसरमा साहित्यकार डा. नोवलकिशोर राईलाई एक लाख राशिको स्वर्गीय बालकृष्ण पोखरेल भाषा साहित्य पुरस्कार प्रदान गरियो । अन्य १२ जनालाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

यस्तै, रंगकर्मतर्फ झापाकी कविता नेपाल, ललितकलातर्फ मोरङकी अनुराधा थापा, साहित्यतर्फ मोरङका कविराज घिमिरे, धनकुटाका उमानाथ घिमिरे ‘सागर’, झापाका मुनाराज शेर्मा, खोटाङकी पञ्चकुमारी परियार, पाँचथरका प्रेम ओझा र सुनसरीका शिवनारायण पण्डित ‘सिंगल’ सम्मानित भए ।

साहित्य र कलातर्फ सोलुखुम्बुका डिबी किराँती, चलचित्रकर्मीतर्फ मोरङका केशव रायमाझी, नृत्यकलातर्फ मोरङकी माया पौडेल र गीत/संगीततर्फ मोरङका वीरध्वजलाई सम्मान गरियो ।