गोसाइँकुण्ड गाउँपालिका– २ टिमुरेस्थित सैन्य क्याम्पका दुई दर्जन सैनिकलाई सुरक्षित स्थानमा सारिएको छ । सोमबार साँझ करिब ६ बजे सडकमाथिबाट ढुंगा खस्न थालेपछि टिमुरेस्थित सैन्य क्याम्पका सैनिकलाई सुरक्षित स्थानमा सारिएको हो ।
माथिबाट निरन्तर झरेको ढुंगाले सैन्य क्याम्पको भान्सा कोठामा क्षति पुगेको छ । ठूला ढुंगा खसेर दुर्घटनाको उच्च जोखिम भएपछि सशस्त्र प्रहरी बल २१ नम्बर गुल्म टिमुरे र सेनाको टोली मिली सैनिकहरूलाई घट्टेखोलास्थित नेपाल प्रहरीको भवनमा राखिएको सशस्त्र प्रहरी बल २१ नम्बर गुल्म टिमुरेका डिएसपी लक्ष्मण थापाले बताए । ‘टिमुरे र घट्टेखोलाको बीचमा सेनाको सुरक्षा चेकपोस्ट छ, साँझको समयमा सडकमाथिबाट ठूलाठूला ढुंगा खसेर ब्यारेकको भान्सामा पूर्ण क्षति पुगेको छ,’ उनले भने, ‘करिब २५ जना रहेको क्याम्पमा उच्च जोखिम रहेपछि चेकपोस्टमा रहेका सबै सैनिकलाई घट्टेखोलास्थित नेपाल प्रहरीको भवनमा सारिएको छ, अहिले पनि निरन्तर ढुंगा खसिरहेको छ ।