१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार २९ सोमबार १९:२०:००
Read Time : < 1 मिनेट
प्रदेश

मास्क नलगाई हिँड्ने एक सय दुईजना पक्राउ 

Read Time : < 1 मिनेट
२०७७ असार २९ सोमबार १९:२०:००

जिल्ला प्रहरी कार्यालय कास्कीले माक्स नलगाई हिँड्ने एक सय दुईजनालाई पोखराका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा ८८ जना पुरुष र १४ जना महिला रहेका रहेकोे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनीहरूलाई जनही एक सय रुपैयाँ जरिवाना गरी छाडिएको हमालले बताए । कोरोना संक्रमणको जोखिम बढ्दै गएको परिप्रेक्ष्यमा सरकारद्वारा जारी स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी इकाइबाट माइकिङ गर्ने, सम्झाइबुझाई गर्दै आएकोमा अटेर गरेकोमा उनीहरूलाई पक्राउ गरिएको हमालको भनाइ छ । यसअघि पनि प्रहरीले माक्स नलगाई हिँड्नेहरूलाई पक्राउ गरेको थियो ।