मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २९ सोमबार १६:१२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : एकैदिन एक हजार सात सय पाँचजना निको भएर डिस्चार्ज, नयाँ संक्रमित एक सय ४४ मात्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २९ सोमबार १६:१२:००

पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप एक सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो थपसमेत देशभर हालसम्म संक्रमितको संख्या  १६ हजार नाै सय ४५  पुगेको छ ।

यो अवधिमा पाँच हजार आठ सय ५६ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सोही अवधिमा एक हजार सात सय पाँचजना निको भएर डिस्चार्ज भएको बताए । 

हालसम्म निकाे हुने १० हजार दुई सय ९४ जना छन् । निको हुने प्रतिशत ६०.७ रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हाल आइसोलेसनमा ६ हजार ६ सय १३ जना र क्वारेन्टाइनमा २३ हजार चार सय ७० जना छन् ।  

पाँच सयभन्दा बढी संक्रमित भएको जिल्ला महोत्तरी, रौतहट, कैलाली र बाजुरा मात्र रहेको गौतमले बताए ।

हालसम्म कोरोना संक्रमणबाट प्रदेश १ मा कसैको पनि मृत्यु भएको छैन् । मन्त्रालयका अनुसार प्रदेश २ मा चार जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा पाँच जना, प्रदेश ५ मा १० जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा ६ गरी जम्मा ३८ जनाकाे मृत्यु भएकाे छ ।