मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार २९ सोमबार १५:५१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णाली प्रदेशमा साेमबार कोरोना संक्रमित र डिस्चार्ज हुनेको संख्या बराबर

Read Time : < 1 मिनेट
२०७७ असार २९ सोमबार १५:५१:००

कर्णालीमा सोमबार कोरोना संक्रमित हुने र कोरोना संक्रमण निको हुनेको संख्या बराबर रहेको छ । 

पछिल्लो २४ घन्टामा ४७ जनामा कोरोना संक्रमण देखिएको छ भने ४७ जना नै कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

प्रदेश अस्पताल–पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत जिल्लाका ४१ जना, दैलेख दुईजना जाजरकोट र बाँके एक–एकजना गरी जम्मा ४५ जना र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको पिसिआर प्रयोशशालामा परीक्षणमा रुकुम पश्चिम दुईजना गरी जम्मा ४७ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । 

‘आज डिस्चार्ज हुने र संक्रमण हुनेको संख्या बराबर रहेको छ,’ उनले भने, ‘४७ जना थप कोरोना संक्रमित हुँदा संक्रमण जित्नेको संख्या पनि ४७ पुगेको छ ।’ 
कर्णाली प्रदेशमा कोरोना संक्रमितको कुल संख्या एक हजार ६ सय ६३ पुगेको छ ।

सोमबार सल्यान जिल्ला अस्पतालबाट ३४ जना, सुर्खेतको वीरेन्द्रनगर आइसोलेसनबाट १२ जना र दैलेखको आठबिस नगरपालिकाको आइसोलेसनबाट एकजना गरेर जम्मा ४७ जना कोरोना संक्रमण जितेर डिस्चार्ज भएको डा. तिवारीले बताए । 

‘कोरोना संक्रमण जित्नेको संख्या एक हजार चार सय ५५ पुगेको छ,’ उनले भने, ‘हाल कोरोना सक्रिय संक्रमित दुई सय दुईजनाको विभिन्न अस्पताल र ओइसोलेसनमा उपचार भइरहेको छ ।’

कर्णालीमा कोरोनाका कारण हालसम्म ६ जनाको निधन भएको डा. तिवारीले बताए ।