मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २९ सोमबार १५:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२९ हजार ६ सय नेपाली भिटिएम स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

Read Time : < 1 मिनेट
२०७७ असार २९ सोमबार १५:१७:००

नेपालमा उत्पादन भएको गुणस्तरीय भिटिएम लायन्स क्लबले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । सोमबार लायन्स क्लबले २९ हजार ६ सय भिटिएम सरकारलाई सहयोग गरेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले जानकारी दिए । 

एभरेष्ट प्यारेन्टरल प्रालि बारामा उत्पादन भएको उक्त भिटिएम नेपालको पहिलो हो । कोभिड परीक्षणका लागि आवश्यक नमुना लिएर राख्ने भाँडो अर्थात् भिटिएम नहुँदा स्वाब संकलनमा समस्या आएको छ । यस्तो वेला भिटिएम उत्पादन गरी सो कम्पनीले बजारमा ल्याएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले समेत यसलाई प्रयोगमा स्वीकृति दिएको छ । देशका अन्य निजी प्रयोगशालामा यही भिटिएम सञ्चालनमा रहेको छ । तर, स्वास्थ्य सेवा विभागले भने अझै स्वदेशी खरिद नगरेर चीनमा उत्पादन भएको भिटिएम मात्रै खरिद गरिरहेको छ । भिटिएम कम भएको वेला सहयोगस्वरूप आएको २९ हजार ६ सय भिटिएम आवश्यकता हेरेर मुलुकभरका प्रयोगशालामा पठाइएको छ।