मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २९ सोमबार १५:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय हस्तक्षेपले तराईमा डुबान : गृहमन्त्री 

Read Time : < 1 मिनेट
२०७७ असार २९ सोमबार १५:१२:००

गृहमन्त्री रामबहादुर थापा बादलले सीमावर्ती क्षेत्रमा भारतले समानान्तर बाँध, बाटो बनाउँदा तराईमा डुबान हुने गरेको बताएका छन् । उनीहरूले आफ्नो रक्षाको निम्ति बाँध बनाए पनि नेपालको राष्ट्रिय हितमा धक्का पुगेको उनले बताए ।

उनले त्यसरी सीमा क्षेत्रमा संरचना बनाउन भारतीय हस्तक्षेप भएको उल्लेख गरे ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले विगतमा भारतीय प्रधानमन्त्री आउँदा पनि टिम बनेर अध्ययन गरेको उल्लेख गर्दै भारतीय पक्षले त्यसलाई कार्यान्वयन नगरेको बताए ।

बैठकमा उनले प्राकृतिक विपत्काे सामना बाह्रैमास  गर्नुपरेको जानकारी दिए ।  बाढी पहिरो प्रकृतिको नियम भए पनि यसले गर्ने क्षतिबाट बच्ने जिम्मा मानिसको भएको उनले बताए । 

प्रकृतिको शक्तिलाई सदुपयोगको सट्टा दुरुपयोग गर्दा क्षति व्यहोर्नुपरेको उनले स्पष्ट पारे । ‘बाढी आउँछ अब दाउरा निकाल्न जाने गर्छौं,’ उनले भने, ‘त्यो त बाढीको दोष हाेइन, हाम्रो अज्ञानता हो ।’

उनले अव्यवस्थित बसोवास पनि क्षति हुनुको कारण भएको बताए । सुरक्षित र एकीकृत बसोवास बसाउनु उनको भनाइ थियो । जीउधनको रक्षा गर्ने जिम्मा सरकारको मात्रै नभएर जनताको पनि भएको उनले बताए ।