मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएफपी लापाज
२०७७ असार २९ सोमबार १३:३४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बोलिभियाका अर्थमन्त्रीलाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
रासस/एएफपी लापाज
२०७७ असार २९ सोमबार १३:३४:००

बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोना भाइरसबाट संक्रमित उनी बोलिभियाका चौथो मन्त्री हुन् । 

बोलिभियामा यसअघि स्वास्थ्य र खनिजमन्त्रीहरू कोरोना संक्रमित भएका थिए । साथै बोलिभियाका अन्तरिम राष्ट्रपति पनि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा छन् । 

अर्थमन्त्री ओर्टिजका चिकित्सकहरूले उनलाई अस्पतालमा भर्ना गरेका र त्यहाँ उपचार जारी रहेको बताएका छन् । 

बोलिभियामा हालसम्म ४७ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र एक हजार सात सय ५४ जनाको मृत्यु भएको छ ।