Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ असार २९ सोमबार ११:५३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कञ्चनपुरमा एक महिनाको अवधिमा शिशुदेखि वृद्धासम्मले कोरोनामाथि पाए विजय

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ असार २९ सोमबार ११:५३:००

कञ्चनपुरमा ११ महिने शिशुदेखि ७१ वर्षीया वृद्धाले कोरोनामाथि विजय पाउन सफल भएका छन् । 

महाकाली अस्पतालका अनुसार जेठ तेस्रो सातादेखि असार तेस्रो सातासम्म २६ महिला र ९४ जना पुरुषले कोरोना जितेका छन् । 

संक्रमित भई उपचारका लागि महाकाली अस्पतालमा भर्ना भएका एक सय २० जना निको भएर घर गएका छन् । 

महाकाली अस्पतालको तथ्यांकअनुसार काठमाडाैंका दुई, भीमदत्त नगरपालिकाका २७, बेदकोट नगरपालिकाका ३३, शुक्लाफाँटा नगरपालिकाका १२, महाकाली नगरपालिकाका नाै, पुनर्वास नगरपालिकाका १३, बेलौरी नगरपालिका दुई, चुवा नगरपालिकाका ११, गोदावरी नगरपालिकाका एक, कृष्णपुर नगरपालिकाका सात र लालझाडी गाउँपालिकाका तीनजना उपचारपछि निको भएका हुन् । 

अधिकांश भारतबाट फर्किएका कञ्चनपुर, कैलाली र काठमाडाैंका स्थानीय उपचारका लागि महाकाली अस्पतालमा भर्ना भएका थिए । 

कञ्चनपुरमा शिशुदेखि वृद्धा, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अधिकारकर्मी, भारतबाट फर्किएका मजदुरहरूलगायतमा कोरोना देखिएको थियो । 

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले अहिले महाकाली अस्पतालमा जनशक्ति र स्रोतसाधन भएकै कारण कोरोना संक्रमित बिरामीको उपचार राम्रोसँग भइरहेको बताए । 

‘अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मी खटिएका छन्,’ उनले भने, ‘कोरोनाका बिरामीका लागि अहिले छुट्टै अस्पताल पनि निर्माण गरिएको छ ।’ 

महाकाली अस्पतालमा उपचारका लागि आएका कसैको पनि मृत्यु नभएको बताउँदै अध्यक्ष जोशीले यो सुखद पक्ष भएको बताए । 

‘अहिलेसम्म सबै निको भएर घर फर्किएका छन्,’ अध्यक्ष जोशीले भने, ‘घर गएपछि पनि हामी उनीहरूको स्वास्थ्य अवस्थाबारे फलोअफ गर्छौँ ।’