१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार २९ सोमबार ०७:०५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

लकडाउनमा गर्भवतीका दुःख

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार २९ सोमबार ०७:०५:००

- कोभिड–१९ महामारीले सबैभन्दा धेरै असर स्वास्थ्य क्षेत्रमा परेको छ । कोरोना संक्रमणको जोखिमका कारण अस्पताल जान नसक्दा नन–कोभिड बिरामी समस्यामा छन् । चिकित्सकले आकस्मिकबाहेकका स्वास्थ्य समस्यामा फोनबाटै परामर्श लिँदै औषधि सेवन गर्न सल्लाह दिएका छन् । त्यसबाट नियमित जाँच गराउनुपर्ने गर्भवती बढी प्रभावित छन् ।

आमा र शिशुको स्वास्थ्य अवस्था र सम्भावित जोखिमका लक्षण समयमै थाहा पाउन नियमित गर्भ जाँच आवश्यक हुन्छ । लकडाउन र कोरोना संक्रमणको जोखिमका कारण अधिकांश गर्भवती स्वास्थ्य संस्था जान सकेका छैनन् ।

- गर्भावस्थामा ४, ६, ८ र ९ महिनामा स्वास्थ्य संस्थामा गई अनिवार्य जाँच गर्नुपर्छ । आमा र शिशुको स्वास्थ्य अवस्था र सम्भावित जोखिमका लक्षण समयमै थाहा पाउन नियमित गर्भ जाँच आवश्यक हुन्छ । लकडाउन र कोरोना संक्रमणको जोखिमका कारण अधिकांश गर्भवती स्वास्थ्य संस्था जान सकेका छैनन् ।

- ग्रामीण भेगका महिला लजाएर आफ्नो स्वास्थ्य अवस्थाबारे प्रस्ट बताउन सक्दैनन् । कतिपय महिलामा जाँचको विषयमा जानकारी पनि हुँदैन । गर्भवतीहरू कोरोनाको जोखिममा रहेका समाचारले पनि मानसिक दबाब परिरहेको हुन्छ ।

- आमा र बच्चालाई स्वस्थ राख्न गर्भावस्थामा आवश्यक जाँच, हेरचाह र पौष्टिक आहार अत्यावश्यक हुन्छ । लकडाउन लम्बिँदै जाँदा र आर्थिक अवस्था कमजोर हुनाले ग्रामीण क्षेत्रका अधिकांश महिलामा पौष्टिक आहारको कमी देखिन थालेको छ । त्यसबाट विभिन्न स्वास्थ्य समस्या देखिन थालेका छन् । अधिकांशमा रक्तअल्पता, बच्चाको तौल नबढ्ने, समयअघि नै बच्चा जन्मिने, कम तौलको बच्चा जन्मिनेजस्ता समस्या देखिन थालेका छन् ।

- अस्पताल जाने वातावरण नहुँदा घरमै डेलिभरी गराउनेको संख्या बढ्दो छ । त्यसरी डेलिभरी गराउँदा अत्यधिक रक्तश्राव हुन सक्छ । आमा र बच्चाको स्वास्थ्यमा पनि जटिलता आउन सक्छ ।

- डेलिभरीको समयमा स्वास्थ्य जाँचसँगै काउन्सिलिङ पनि आवश्यक हुन्छ । महामारीका समयमा अझ बढी हेरचाह आवश्यक हुन्छ । लकडाउनसँगै मातृशिशु मृत्युदर बढेकाले सकेसम्म स्वास्थ्य सेवाका लागि नजिकका स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुपर्छ । गर्भावस्थामा चिकित्सकको नियमित परामर्श लिने र सुरक्षित डेलिभरीका लागि अस्पताल जानुपर्छ ।