मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ असार २८ आइतबार १९:२७:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बाढीपहिरोमा ज्यान गुमाउनेको परिवारलाई बागमती सरकारले राहत दिने

Read Time : < 1 मिनेट
२०७७ असार २८ आइतबार १९:२७:००

बाढीपहिरोका कारण ज्यान गुमाउनेको परिवारलाई बागमती प्रदेश सरकारले राहत रकम दिने भएको छ । बागमती सरकारले राहतस्वरूप प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराउने भएको हो । 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेशका जिल्लाहरूमा बाढीपहिरोका कारण ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।  हालसम्म बाढीपहिराेमा परी प्रदेशको विभिन्न जिल्लामा ज्यान गुमाउने २५ जनाको परिवारलाई तत्काल राहत रकम उपलब्ध गराइने भएको छ । 

मन्त्रिपरिषद् बैठकले घाइतेहरूलाई तत्काल उपचारको व्यवस्था मिलाउने र बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्रता दिँदै उद्धार गर्न सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिहरूलाई सक्रिय रहन निर्देशन दिइनेसमेत निर्णय गरेको छ । 

बैठकमा आर्थिक कार्यविधि ऐनको प्रथम संशोधन २०७७ को मस्यौदा र वातावरण संरक्षण गर्न बनेको अध्यादेश २०७७ लाई प्रदेश सभामा दर्ताका लागि स्वीकृत दिने निर्णय गरेको । स्वीकृत भएसँगै अब २ साउनमा बस्ने प्रदेश सभाको बैठकमा छलफल गर्ने गरी दुईवटा विधेयक दर्ता हुनेछ ।