मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल संखुवासभा
२०७७ असार २८ आइतबार १८:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा पहिरो : एकको मृत्यु, गर्भवती र बालिकासहित ११ अझै बेपत्ता

Read Time : < 1 मिनेट
२०७७ असार २८ आइतबार १८:४६:००

संखुवासभाको सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँमा आइतबार बिहान पहिरोमा परेर घाइते भएका एकजनाको मृत्यु भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार २५ वर्षीय मदनकुमार राईको मृत्यु भएको हो । अन्य चारजना घाइते छन् । 

७९ वर्षीय गोवासिंह राई, उनकी श्रीमती ६० वर्षीया फूलमाया राई र उनकी छोरी १४ वर्षीया  फूलमाया राई र ५५ वर्षीय भीमबहादुर राईको सिलिचोङ गाउँपालिका स्वास्थ्य प्रमुख दीपेन्द्र राईको टोलीले उपचार गरिरहेको छ ।  गोवासिंहको बायाँहात र बायाँटाउकोमा गहिरो चोट लागेको छ भने अन्यको अवस्था सामान्य छ ।

एक गर्भवती र एक बालिकासहित ११ जना अझै बेपत्ता छन । पहिरोले  ९ वटा घर बगाएको छ । घरमा सुतिरहेको समयमा आइतबार बिहान २ बजे आएको पहिरोमा बगेका एक गर्भवती र एक बालिकासहित  ११ जना अझै बेपत्ता छन् ।  
पहिरोमा बगेर ६० वर्षीय राममान राई, उनकी श्रीमती ५५ वर्षीया हस्तकुमारी राई, छोरीहरू गर्भवती २१ वर्षीय एन्जिला राई र ११ वर्षीया नम्रता राई बेपत्ता छन् । ६५ वर्षीया  गोरीमाया राई र २२ वर्षीया प्रकृति राई पनि बेपत्ता छन् । 

सोही ठाउँका ५२ वर्षीय जुद्धबहादुर राई (माने) र उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई पनि  बेपत्ता छन । यसैगरी, ७० वर्षीया नजमाया राई, ८४ वर्षीय हर्कराज राई र उनकी श्रीमती ८२ वर्षीय आइतमाया राई पनि बेपत्ता छन् ।