Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार २८ आइतबार १६:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

काेराेना मिटर : निको भएर डिस्चार्ज एक सय ४७, संक्रमित ८२ थपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार २८ आइतबार १६:२०:००

पछिल्लो २४ घन्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसमेत नेपालमा कुल संक्रमितको संख्या १६ हजार आठ सय एक पुगेको छ । 

याे अवधिमा एक सय ४७ जना निकाे भएर डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

हालसम्म संक्रमणमुक्त हुनेको संख्या आठ हजार पाँच सय ८९ पुगेको छ ।

संक्रमित निको हुने प्रतिशत ५१.१ पुगेको गौतमले बताए । 

मन्त्रालयले आइतबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले तीन हजार नौ सय १६ जनाको पिसिआर विधिबाट नमुना जाँच गरिएको बताए । 

हाल कोरोना संक्रमित भएर आइसोलेसनमा बस्नेको संख्या आठ हजार एक सय ७४ र क्वारेन्टाइनमा बस्नेको संख्या २३ हजार सात सय ८४ रहेको गौतमले जानकारी दिए । 

कहाँ, कतिजना थपिए ? 

आज थप भएका संक्रमितमा काठमाडौंका ५, ललितपुरका १, झापाका १ मोरङका २, सर्लाहीका १, सिन्धुपाल्चोकका १, धनुषाका १९, चितवनका ५, मकवानपुरका १, सिन्धुलीका १, सोलुखुम्बुका १, बाग्लुङका २, नवलपरासी पूर्वका १, पर्वतका २, स्याङ्जाका १, तनहुँका ६, गोर्खाका १ लमजुङका २, गुल्मीका १, पाल्पाका १, दैलेखका १, रुकुमपश्चिमका २, सुर्खेतका ११, कालिकोटका ७, बझाङका १, डडेलधुराका २, कैलालीका २ र दार्चुला १ जना रहेको मन्त्रालयले जनाएको छ ।