ट्राफिक प्रहरीले काठमाडौंको तीनकुनेमा रहेको खाली जमिनमा वृक्षरोपण गरेको छ ।
ट्राफिक प्रहरीको उपत्यकाभित्रका ४५ वटा युनिटका इन्चार्जहरूले करिब तीन सय ५० वटा बिरुवा रोपेका छन् ।
उपत्यकालाई हरियाली सहर बनाउने योजनाअनुसार मुख्य–मुख्य ठाउँमा वृक्षरोपण गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
बिरुवा नहुर्किँदासम्म प्रत्येक युनिटका इन्चार्जले संरक्षण गर्ने र हुर्काउने काम गर्ने महानगरीय ट्राफिक महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताए
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले हरियाली सहर बनाउन आमनागरिकलाई सकारात्मक सन्देश दिने उद्देश्यले वृक्षरोपण गरिएको बताए ।
वृक्षरोपणले सहरको शाेभा बढाउने र सभ्याताको समेत पहिचान दिने उनले बताए ।
रोपिएका बिरुवाको संरक्षण गर्ने र हुर्काउने जिम्मा ट्राफिक प्रहरीले आफैँले लिने बताएको छ ।
तस्बिरहरू - संजित परियार