मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २८ आइतबार १४:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेविसंघले गऱ्यो प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २८ आइतबार १४:२१:००

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको छ ।

लकडाउनका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । 

नेपाल आयाल निगमले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै गत बुधबार नेविसंघले ज्ञापनपत्र बुझाएको थियो । 

ज्ञापनपत्र बुझाएपछि शुक्रबार पुनः मूल्यवृद्धि भएपछि नेविसंघ सडकमा उत्रिएको हो । नेविसंघले बबरमहलमा गरेको प्रदर्शनमा सहभागीहरूले विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए । 

दैनिक रोजगारी गरेर खाने आमजनताको अवस्था भयावह हुँदै गएको अवस्थामा सरकारले महँगी बढाएर जनताको ढाड भाँच्न थालेपछि यसको विरुद्धमा सडकमा उत्रिनुपरेको नेविसंघ अध्यक्ष राजीव ढुंगानाले बताए । 

सरकारले अहिलेको जटिल अवस्थामा गरिएको मूल्यवृद्धिले जनतालाई ठूलो असर पर्ने भन्दै मूल्यवृद्धिको निर्णय फिर्ता गर्न दबाब दिने उद्देश्यले प्रदर्शन गरेको उनले बताए । 

मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ ।